अब कोका-कोला सुगर फ्री स्वादमा पनि।

काठमाडौं:= कोका-कोला नेपालले अझ स्वादिष्ट र स्फूर्तिदायक स्वादमा नयाँँ कोका-कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको नयाँँ कोका-कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अब नेपाली उपभोक्ताले नो क्यालोरी र जेरो सुगर कोका-कोलाको स्वाद लिन सक्ने बताइएको छ ।

कम्पनीका अनुसार व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत् बजारमा ल्याइएको कोका-कोला जेरो सुगर अझै सानदार प्याकेजिङ र उत्कृष्ट स्वादका साथमा आएको छ। नो सुगर पेयपदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहनेका लागि कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको कम्पनीको दाबी छ । सन् २००५ मा विश्वव्यापीरूपमा लन्च गरिएको कोका-कोला जेरो सुगरलाई कोका-कोला क्लासिकको जस्तै स्वाद दिन सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो ।

नेपालमा भने २०१६ नोभेम्बरमा पहिलोपटक लन्च भएको थियो । लन्च कार्यक्रममा कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘हामी सदैव उपभोक्ताको चाहना र आवश्यकताअनुसारको उत्पादन नै बजारमा ल्याउने प्रयास गर्छौँ । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङसहितको कोका–कोला जेरो सुगरलाई विश्वभरिकै उपभोक्ताले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ । नेपाली उपभोक्ताले पनि यो नयाँँ कोका-कोला जेरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भन्नुभयो, ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता नगरी चिसो पेयपदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताका लागि यो कोका-कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । संसारभरि नै अत्यन्त रुचाइएको यो कोका-कोला जेरो सुगरलाई नेपाली उपभोक्तासामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।’ नयाँ ँकोका–कोला जेरो सुगर पाँच सय मिलिलिटर र दुई सय ५० मिलिलिटर प्याकमा उपलब्ध रहेको पनि कम्पनीले जनाएको छ ।