एकाएक भाइरल भएका कच्चा बदामका गायक भुवनलाई ३ लाख।

एजेन्सी:= अहिले सामाजिक सञ्जालको दुनियामा अत्यधिक भाइरल बनिरहेको ‘कच्चा बदाम’का गायक भुवन बादायकरको चर्चा निकै छ । भारतका भुवन नेपालमा पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । टिकटकलगायत सामाजिक सञ्जालमा उहाँको आवाजमा भिडियो बनाउनेहरूको संख्या दिनहु बढिरहेका छन्।

उनी भुवनलाई एक म्युजिक कम्पनीले उक्त भाइरल गीतका लागि लाखौं रुपैयाँ दिएको छ । पश्चिम बंगाल प्रहरीले उहालाई सम्मानित पनि गरेको छ । उहाँलाई दिल्ली, मुम्बई र बंगलादेशदेखि कयौं अफर पनि आइरहेको बताइएको छ ।

हालै एक अन्तर्वार्तामा भुवनले एक म्युजिक स्टुडियोसँग एक गीत सुटिङ गरेको तर त्यसबापत आफूले एक रुपैयाँ पनि नपाएको गुनासो गर्नुभएको थियो । त्यसपछि उहाँका फ्यानहरूले उहाँको हक माग्दै अभियान नै सुरु गरेका थिए ।

अहिले त्यही म्युजिक स्टुडियोले उनलाई लाखौं रुपैयाँ दिएको छ। कम्पनीका गोपाल घोषले भुवनलाई ३ लाख रुपैयाँको करार गरेको जानकारी दिनुभएको छ । उक्त कम्पनीले भुवनसँग कच्चा बदाम गीतको रिमिक्स बनाएको थियो ।

भुवनलाई बिहीबार गोधूली बेला म्युजिकले ३ लाख रुपैयाँ दिएको छ भने एक करार पनि साइन गरेको छ । उहाले एक अन्तरवार्तामा भन्नुभएको छ, ‘मानिसहरू अहिले मेरो गीतमा नाचिरहेका छन् । अब मैले बदाम बेच्नु पर्दैन । अब मैले बदाम बेच्न खोजे पनि मानिसले त्यसलाई किन्दैनन् बरू मलाई गीत गाउन भन्नेछन् ।

यदि मेरो गीतले मलाई मानिसहरूसम्म पु¥याउँछ भने मैले अब गीतमा फोकस गर्नुपर्छ । म अझै धेरै भाइरल गीत बनाउन चाहन्छु । अहिलेसम्म मानिसहरूले मेरो लोकप्रियतालाई प्रयोग गरिरहेका छन् । मैले केही पनि पाएको छैन । अब मलाई आशा छ कि यो बदलिनेछ । मलाई धेरै अफर आइरहेको छ । मलाई बंगलादेशबाट पनि अफर आएको छ तर मेरो श्रीमती म त्यहाँ जाओस् भन्ने चाहँदिनन् ।’