मलेसियामा सपिङ् मलमा कामगर्ने नेपाली सुरक्षागार्डमाथी स्थानीय युवाहरुले गरे कुटपिट।

क्वालालम्पुर (मलेसिया):= नेपालीको लागि श्रम गन्तव्य मध्येको एक प्रमुख गन्तव्य देश हुन मलेसिया । तर यहीँ मलेसियामा बारम्बार सुरक्षागार्ड लगायतको क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुमाथी कुटपिट भएको घटना बाहिर आईरहन्छ्न् ।

सोही क्रममा फ़ेरि मलेसियामा एक नेपाली सुरक्षा गार्डमाथि कुटपिट भएको छ । शुक्रबार क्वालालम्पुर स्थित पाण्डन क्यापिटल सपिङ मलमा भएको घटनाको रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भएको मलेसियन प्रहरीले जनाएको छ ।

क्वालालम्पुरमा अवस्थित पान्डान क्यापिटल नामक सपिङ मलको प्रवेशद्वार अगाडि एक स्थानीय युवकलाई नियम विपरीत मोटरसाइकल पार्किङ नगर्न भनेपछि ४१ बर्षिय नेपाली सुरक्षा गार्डलाई अपरिचित ती दुईजना स्थानीय युवकहरुले सुरक्षागार्डमाथी कुटपिट गरेका हुन् ।

मोटरसाइकल सपिङ मलको प्रवेशद्वारमा पार्किङ गरेर भित्र पसेका उनीहरूले फर्कने क्रममा झै-झगडा गरि सुरक्षागार्डलाई कुटपिट गरेको अम्पाङजयाका प्रहरी प्रमुख फारुक इशाकलाई उद्धृत गर्दै फ्री मलेसिया टुडेले आफ्नो समाचारमा उल्लेख गरेका छ्न ।

‘उजुरीकर्ता ती नेपाली सुरक्षागार्डको देब्रे आँखा र नाकमा चोट लागेपछि अम्पाङमा एक अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी प्रमुख इशाकले भने । ‘व्यवस्थापनले प्रहरीलाई बोलाऔँ र हामीले दुई संदिग्धहरूलाई उनीहरूको बयान रेकर्ड गर्न स्टेशनमा ल्यायौं,’ उनले थपे, उनीहरूलाई स्वेच्छाले चोट पुर्‍याएकोमा दण्ड संहिताको धारा ३२३ अन्तर्गत अनुसन्धान भइरहेको जनाइएको छ । कुटिएका नेपाली युवाको परिचय खुलाइएको छैन । Source : Free malaysia today