एमसीसी नेपाललाई अमेरीकी जनताको उपहार हो, स्वीकार गर्ने नगर्ने नेपालको हातमा:अमेरीका।

एजेन्सी := अमेरिकाले एमसीसी अमेरीकी जनताको तर्फबाट नेपाललाई उपहार भएको भन्दै यसलाई अनुमोदन गर्ने वा नगर्ने अधिकार नेपालसँग रहेको बताएको छ । आज साँझ विज्ञप्ति जारी गर्दै अमेरीकी दुतावासले एमसीसी अनुमोदन गर्ने वा नगर्ने निर्णय सार्वभौमसत्ता सम्पन्न कतान्त्रिक राष्ट्रका रुपमा नेपालले मात्रै गर्न सक्ने स्पष्ट पारेको हो।

चीनले एमसीसी अनुमोदन गर्न अमेरिकाले नेपाली नेताहरुलाई दबाब दिएको आशयमा धम्की कुटनीति शुरु गरेको र पतिरोध गर्ने चेतावनी दिएको भोलिपल्ट शनिबार नेपालस्थित अमेरिकी दूतावासले एमसीसी सार्वभौम लोकतान्त्रिक नेपालसँग मात्र रहेको बताएको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्वन्धको ७५ औं वर्ष भएको स्मरण गराउँदै दूतावासले अमेरिका सदैब नेपालको साथमा रहेको र विकास सहायता, विपद् प्रतिकार्य, स्वास्थ्य, शिक्षालगायतमा सहयोग गरेको बताएको छ। एमसीसीले नेपाली जनताको जीवन सुधार गर्न, रोजगारी सिर्जना गर्न र पूर्वाधार विकाशमा सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।

‘यो एमसीसीका लागि आएको ५० करोड डलर अमेरिकी जनताले दिएको उपहार हो। जसले नेपालमा रोजगार सिर्जनता गर्न, नेपाली जनता जीवनस्तर उकास्न र पू्र्वाधार विकासमा सहयोग पुर्‍याउँछ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो परियोजना नेपाली जनता र नेपाल सरकारको आग्रहमा ल्याइएको हो।