काठमाडौं:= कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से सूचक १.९४ अंकले घटेर २७३२.५१ अंकमा झरेको हो । दुई सय २७ कम्पनीका ४० लाख १७ हजार चार सय २९ कित्ता सेयर दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार छ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
बुधबार तीन अर्ब दुई करोड ६३ लाख रुपैयाँको कारोबार भएको थियो । तेह्रथुम पावरको भने सबैभन्दा धेरै ६.४७ प्रतिशत बढेर छ सय २५ रुपैयाँ पुगेको छ । युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर ६.३२, सामलिङ पावर ४.१३, जीवन विकास लघुवित्त ३.५३ र मैलुङ खोला जलविद्युत्को ३.४७ प्रतिशतले बढेको छ ।
तर, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरमूल्य सर्वाधिक ४.४६ प्रतिशतले घटेर १६ हजार ५१ रुपैयाँमा झरेको छ भने बुद्धभूमि हाइड्रोपावर ४.०२, एनआइसी एसिया डिबेन्चरकोे ३.९० र ग्रिन लाइफको मूल्य ३.३९ प्रतिशतले घटेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको भने सर्वाधिक २२ करोड ३७ लाख ३६ हजार एक सय ९७ रुपैयाँको कारोबार भएको हो ।
हिमालयन डिस्टिलरीको १२.२० करोड, नेपाल टेलिकम १०.०३ करोड, अरुण भ्याली हाइड्रोपावरको आठ करोड र नेसनल हाइड्रोपावरको ७.४८ करोडको कारोबार छ । कारोबार भएका १३ समूहगत सूचकमध्ये पाँच बढेको छ भने आठको घटेको छ । जलविद्युत्, अन्य, म्युचुअल फन्ड र उत्पादन सामान्य सकारात्मक रहँदा बैंकिङ, होटल, फाइनान्स, निर्जीवन बिमा, लघुवित्त, जीवन बिमा र लगानी सूचकमा सामान्य गिरावट आएको छ ।




















