काठमाडौं:= वैदेशिक रोजगार बोर्डको भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडी भुुक्तानी पूर्ण स्वचालितरूपमा गर्न दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठ तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतासँगै बोर्डले आन्तरिक भुक्तानी प्रणालीलाई एनपिआईअन्तर्गतको प्रणालीसँग जोडी सोझै लाभग्राहीको बैंक खातामा भुक्तानी गर्न सक्नेछ । अब वैदेशिक रोजगारीमा अपांगता अथवा मृत्यु भएका कामदारको क्षतिपूर्तिको भुक्तानी, भेन्डर भुक्तानीलगायत सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालितरूपमा हुनेछ । यसअघि सम्पूर्ण भुक्तानी कारोबार चेकमार्फत् हुने गरेको थियो ।




















