काठमाडौं:= बलिउड अभिनेता सलमान खान बलिउडका सुपरस्टाल अभिनेता सलमान खान नेपाल आउने मिति तय भएको छ । सलमानसहित अन्य केही बलिउड कलाकार आउँदो वैशाख ३ गते दशरथ रंगशालामा हुने सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउन लाग्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठका अनुसार सलमानसहितका कलाकारलाई ओडीसी इन्टरटेन्मेन्टले नेपाल ल्याउन लागेको हो । यही संस्था कार्यक्रम आयोजक हो । जसले तीन वर्षअघि ‘दबंग–द टुर नेपाल’ कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउन खोजेको थियो । तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले कार्यक्रम गर्न नदिने धम्की दिएपछि रद्ध भएको थियो । टिकट बिक्री भइसकेर अन्तिम समयमा कार्यक्रम रद्ध गरिएको थियो ।
त्यो बेला सलमानसहित अभिनेत्रीहरू सोनाक्षी सिन्हा, कृति सेनन, माहिरा खान, निर्देशक प्रभु देवा र कलाकार मनिष पल आउने भनिएको थियो । नेपाल ल्याउन रकम भुक्तानी अनुमति दिन संस्कृति मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिश गरिसकेको पनि बताइएको छ ।
पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आसमा मन्त्रालयले सहजीकरण गरेको श्रेष्ठले बताउनुभएको छ । उहाँले भन्नुभएको छ, पहिलो त हाम्रो जिम्मेवारी नै हो, सांस्कृतिक कार्यक्रम मन्त्रालयले नै हेर्ने हो । सहजीकरण गर्ने र पर्यटन प्रबद्र्धन हुन्छ भनेर पनि दिएको हो । ठप्प रहेको आन्तरिक र बाहृय दुवै पर्यटनमा टेवा पुग्छ कि भन्ने अनुमान हामीले गरेका हौं ।’




















