काठमाडौं:= संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै थाल्ने बताउनु भएको छ । अब तत्कालै रुख कटानको काम पनि द्रुत गतिमा सुरु गरिने भनाई छ । आलेले अब निजगढ विमानस्थल निर्माणमा विलम्ब नहुने जिकिर गर्नु भएको हो । उनले बजेटको व्यवस्था हुनासाथ काम अघि बढ्नेसमेत बताउनु भयो ।
आज रिपोर्टर्स क्लब नेपालले बाराको सिमरामा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री आलेले यस्तो बताउनु भएको हो । आलेले भन्नुभयो, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्लथको काम अघि बढाउनुप¥यो भनेर माधव नेपालले मलाई निर्देशन दिईराख्नुभएको थियो, अस्तिमात्रै उहाँले प्रधानमन्त्री शेरबहादु। देउवाज्यूसँग बालुवाटारमा गठबन्धनका सबै नेताहरुको उपस्थितिमा यो विषयमा छलफल गर्नुभएको थियो, सबै सरोकारवाला मन्त्रीहरुसँग बसेर छलफल भएको थियो ।
त्यतिवेला छिट्टै निजगढमाा जानुपर्छ भन्ने कुरा भएको थियो । हिजोमात्रै माधव नेपाल, रामचन्द्र पौडेललगायत धेरै माननीय ज्यूहरु यहाँ स्थलगत अवलोकनको लागि आउनुभयो । मन्त्रीहरु आउनुभयो । प्रचण्डज्यू पनि आउने कार्यक्रम थियो, अर्थमन्त्री पनि आउने कार्यक्रम थियो । कार्यव्यस्ताको कारण उहाँहरु आउन सक्नुभएन, तर जे आवश्यकत्ता पर्छ, बजेटको चिन्ता नगर्नुहोस भनेर मलाई अर्थमन्त्रीले भन्नुभयो ।’




















