मुम्बइ:= भारतीय गायक, संगीतकार बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । विभिन्न स्वास्थ्य समस्या रहेका लाहिरीलाई १८ दिन आइसीयुमा उपचार गरिएपछि गत सोमबार उनी डिस्चार्ज भएका थिए तर पछि स्वास्थ्यमा थप जटिलता भएको थियो ।
लाहिरी ले १९७०–८० को दशकमा भारतीय चलचित्रमा डिस्को थिमका धेरै चर्चित गीतमा संगीत भरेका थिए। ‘चलते चलते’, ‘डिस्को डान्सर’ जस्ता लोकप्रिय चलचित्रमा उनले संगीत दिएका छन् । उनले पछिल्लोपटक सन् २०२० मा आएको हिन्दी चलचित्र बागी–३ को गीतका लागि संगीत सिर्जना गरेका थिए ।
लहरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो। उनको नाम आलोकेश ‘बप्पी’ लहरी थियो। उनले चलचित्रका लागि बप्पी लहरी नाम चयन गरे। उनका मातापिता अपरेश लहरी र बंसारी लहरी बांग्ला गायक तथा शास्त्रीय संगीतकार थिए । बप्पीले तीन वर्ष हुँदा नै तबला बजाउन सुरु गरेका थिए ।




















