सिड्नी:= स्थिर तलब र कर्मचारी अभावको विरोधमा अष्ट्रेलियाको न्यू साउद वेल्सका हजारौं नर्सहरू आन्दोलनमा उत्रिएका छन् । नर्सहरूको युनियन र स्वास्थ्यमन्त्री ब्राड हजार्डबीच सम्पन्न वार्ता विफल भएपछि नर्सहरू आन्दोलनमा उत्रिएका हुन् । राज्यमा एक दशकपछि पहिलो पटक नर्सहरूले विरोध गरेका हुन् ।
ओमिक्रोन संक्रमणमा एउटा पछिल्लो वृद्धिले देशमा परीक्षा र अस्पताल प्रणालीमा दबाब परेको छ । न्यू साउद वेल्समा भएका केसहरू अष्ट्रेलियाको २५ लाख संक्रमणको ठूलो हिस्सा हो । हजारौं नर्स र अन्य स्वास्थ्यकर्मी एनएसयूको सबैभन्दा ठूलो जनसंख्या भएको सहर सिड्नीमा मार्च गरेका थिए । उनीहरूमध्ये कतिपयले व्यक्तिग सुरक्षात्मक उपकरणहरू र नर्सका पोशाक लगाएका थिए । उनीहरूको मागमा नर्स र बिरामीको अनुपातदेखि दुई दशमलव पाँच प्रतिशत समावेश छ ।




















