काठमाडौं:= साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइपछि हिमालय एयरलाइन्सले ९ देखि १२ फेब्रुअरीसम्म दमाम र रियादका लागि उडान बन्द गरेकोमा फेरि सुचारु गरेको छ । साउदी सिभिल एभिएसनले उडान अनुमति दिएपछि उक्त गन्तव्यमा आइतबारदेखि उडान सुचारु गरेको हो । हिमालयले ९ र १० तारिखका दिन विमानस्थल पुगेका यात्रुको टिकटको पूर्ण रकम फिर्ता र आवासको व्यवस्था आवश्यकताका आधारमा उपलब्ध गराउन सहजीकरणसमेत गरेको छ ।
एयरलाइन्सले १० फेब्रुअरीपछि उक्त गन्तव्यका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पूर्ण रकम फिर्ता र टिकट रिसेड्युलिङ गर्न सम्बन्धित ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्सको बिक्री कार्यालयमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो, ‘हामीले यात्रुको समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका थियौँ र साउदी सिभिल एभिएसनसँग पनि समस्या समाधान गर्ने प्रयास गरिरहेका थियौँ ।’




















