काठमाडौं:= आइएमई पे र एभरेस्ट बैंकबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । सम्झौताअनुसार उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा बैंकको खाता लिंक गरी बैंकका वित्तीय सुविधा आइएमई पे एपमा प्रयोग गर्न सक्नेछन्।
हालसम्म नेपालका १४ वटा बैंकसँग सोही प्रकृतिको सम्झौता गरेको आइएमई पेले लिंक–अपमा निःशुल्क ट्रान्सफर तथा शीघ्र ट्रान्सफरलगायत सुविधा दिएका छ । आइएमई पेमा बैंक लिंकपछि उपभोक्ताले आफ्नो सुविधाअनुसार एभरेस्ट बैंकको खातामा आइएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने गरी सिस्टमलाई अद्यावधिक गरिएको बताइएको छ।




















