काठमाडौं:= चर्चित नायिका रेखा थापाले फेरि बिहे गर्नुभएको छ । उहाँले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गर्नुभएको हो । थापा र शाही लामो समयदेखि प्रेममा हुनुहुन्थ्यो। ४० वर्षीय शाही हाल अमेरिका बस्दै आएको खुलेको छ ।
उहाँहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेको बुझिएको छ । थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गर्नुभएको थियो । उहाँहरूले १० वर्षअघि डिभोर्स गर्नुभएको थियो । केही समयअघि नायिका थापाले बिहे गर्दै भन्ने विभिन्न समाचार पनि बाहिरिएका थिए तर रेखाले त्यो गसिपमात्र भएको तर्क राख्दै आउनुभएको थियो । बुझिएनुसार थापाले त्यो समयमै माघ १२ गते जाजरकोट स्थायी घर हुनुभएका प्रेमी शाहीसँग बिहे गर्नुभएको हो ।
‘हिरो’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्नुभएकी थापाले ‘हिम्मत, किस्मत, कसले चो¥यो मेरो मन’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ । साथै थापाले चलचित्र निर्माण पनि गर्नुभएको छ ।
३९ वर्षीया थापा पछिल्लो राजनीतिमा पनि सक्रिय हुनुभएको थियो । गत मंसिरमा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्रीमा उठ्नुभएको थियो तर, थापा पराजित हुनुभएको थियो ।




















