कुरान जलाएको भन्दै ढुंगाले हानेर एक व्यक्तिको हत्या।

इस्लामवाद:= कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा ४१ वर्षीय मुस्ताक अहमदलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उहाँको पाशविक हत्या गरेको हो ।

एकजना मानिसले कुरानका पेजहरू च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको शव रूखमा झुण्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफू निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् ।

ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, एउटा भीडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानमा कुरान निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो । घटनामा प्रहरीले ८० जनाभन्दा बढी स्थानीयलाई पक्राउ गरेको जनाएको छ ।