‘नोगेन’ बोलको गीतलाई विवादित बनाउन खोजेका संगीतकार सापकोटाले अन्ततः मागे माफी।

काठमाडौं:= एकसाताअघि सार्वजनिक भएको ‘नोगेन’ बोलको गीतमा प्रयोग भएको संगीत आफ्नो गीतबाट झिकिएको आरोप अर्का संगीतकार वसन्त सापकोटाले लगाउनुभएको थियो । यसैबीच प्रमोद खरेल र रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’का संगीतकार महेश खड्काले चोरी भएको भन्दै आरोपको ठाडो अस्विकार गर्नुभएको थियो । यसैबीच अहिले आएर संगीतकार बसन्तले महेशसँग माफी माग्नुभएको छ ।

वसन्तले फेसबुकमार्फत आफूबाट गल्ती भएको स्वीकार गर्नुभएको छ । सापकोटाले महेशसँग आगामी दिनमा केही असमझदारी देखापरे मिलेर समाधान गर्नेसमेत उल्लेख गर्नुभएको छ । संगीतकार वसन्त सापकोटाले ‘नोगेन’ को संगीत आफ्नो गीत ‘सागर सरी’ सँग मिलेको आरोप लगाउनुभएको थियो ।

तर ‘नोगेन’ का संगीतकार महेश खड्काले भने आफूले संगीत नचोरेको दाबी गर्नुभएको थियो । उहाँले आरोप प्रमाणित नगरेको खण्डमा वसन्तविरुद्ध मानहानीको मुद्दा हाल्नेसमेत चेतावनी दिनुभएको थियो ।