खोप कार्डविरुद्ध न्यूजिल्याण्डमा पनि प्रदर्शन।

वेलिङ्टन:= कोरोना भाइरस (कोभिड-१९) खोप कार्डविरुद्ध न्यूजिल्याण्डमा पनि प्रदर्शन भएको छ । क्यानडामा प्रदर्शन चर्किएसँगै न्यूजिल्याण्डमा पनि ट्रक चालकले सरकारविरुद्ध प्रदर्शन थालेका हुन् । उनीहरूले संसद भवनतर्फ जाने सडकमा ट्रक तेर्साएर प्रदर्शन गरेका थिए ।

‘हामीलाई हाम्रो स्वतन्त्रता फिर्ता गर । जबर्जस्ती सहमति होइन’ जस्ता सन्देशसहितका नारा बोकेर संसद भवन वरपरका सडकमा सवारीसाधन पार्किङ गरिएको थियो । न्यूजिल्याण्डको सरकारले स्वास्थ्य क्षेत्र, कानुनी व्यवसाय, शिक्षा र रक्षा क्षेत्रमा कार्य गर्ने नागरिकलाई खोप अनिवार्य गरेको छ ।