विदेशी पर्यटकको लागि मलेसियाको सिमाना मार्च १ अगावै खोल्न एनआरसीको सिफारिस!

क्वालालम्पुर (मलेसिया):= मलेसियाको नेसनल रिकभरी काउन्सिल (एनआरसी) ले आउँदो मार्च १ तारिख भन्दा पहिल्यै पूर्ण रूपमा विदेशी पर्यटकको लागि सबै सिमाना खोल्न सिफारिस गरेको छ ।

मलेसिया आउने यात्रुहरूलाई अनिवार्य क्यारेन्टिनबिना नै प्रवेश गर्न दिन सिफारिस गरेको हो । अर्थतन्त्रलाई बलियो बनाउन र अर्थतन्त्रलाई गति दिने योजनाको हिस्साका रूपमा यसो गरिएको एनआरसी मलेसियाको चेयरमेन तथा पुर्व प्रधानमन्त्री तान िश्र मुह्मदिन यासिनले बताउनुभयो।

दक्षिण पूर्वी एसियाली मुलुक मलेसियाले कोरोना प्रकोप नियन्त्रण गर्न सन् २०२० मार्चदेखि आफ्नो सिमाना बन्द गरेको थियो र विदेशी कामदारहरूको प्रवेश रोकेको थियो ।थाइल्यान्ड, फिलिपिन्स र सिंगापुरसहित मलेसियाका छिमेकी मुलुकले खोप लगाएका पर्यटकहरू आकर्षित गर्न क्वारेन्टिनसम्बन्धी प्रावधान हटाएपछि यस्तो सिफारिस आएको हो ।

पूर्वप्रधानमन्त्री एवं सरकारी सल्लाहकार निकाय नेसनल रिकभरी काउन्सिल (एनआरसी)का प्रमुख मुहिद्दिन यासिनले यात्रुहरूले प्रस्थान गर्नुअघि र आगमनमा कोभिड–१९ स्क्रिनिङ गर्नुपर्ने बताए । “यसको मतलब पर्यटकहरू भ्रमण गर्न सक्छन् । लगानीकर्ताहरू प्रवेश गर्न सक्छन् । एयर एसिया फेरि उडान गर्न सक्छन्,” उनले भने ।

तर यता मलेसिया सरकारको उप- स्वास्थ्यमन्त्री डाक्टर लि बुन चाईले अहिलेनै बिना क्वारेन्टाइन बसाइँको मलेसियाको सिमाना खोल्न नहुने तर्क दिइएका छ्न।

मन्त्री लि बुनले भने , “विश्वब्यापी माहामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको नयाँ भेरिन्ट ओमिक्रोनको संक्रमण नियन्त्रण नहुन्जेलसम्म बिना क्वारेन्टाइन बसाइँ विदेशीलाई मलेसिया प्रवेश दिनु एकदमै खतरनाक साबित हुनसक्ने बताएका हुन।”

उनले भने , पहिले हामी ओमिक्रोनलाई नियन्त्रण गर्नमा लागौं त्यसपछि सिमाना खोल्ने र स्वास्थ सुरक्षा सतर्कता सहित विदेशी पर्यटक लगायतलाई प्रवेश दिदाँ उत्तम हुने उनको तर्क थियो। Source : Bernama