इन्टर मिलान कोपा-इटालिया फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश।

रोम:= इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरी ‘ए’ प्रतिद्वन्द्वी रोमालाई २-० गोलअन्तरले हराउँदै इन्टरले अन्तिम चारमा स्थान बनाएको हो ।

मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा इन्टरको जितमा इडेन जेको र एलेक्सिस सान्चेजले एक÷एक गोल गर्नुभयो । खेलको दोस्रो मिनेटमा नै जेकोको गोलबाट इन्टरले सुरुवाती अग्रता लिएको थियो ।

उहाँले इभान पेरिसिसको पासमा गोल गर्नुभयो । यस्तै ६८औँ मिनेटमा सान्चेजले माटियो डरमिएनको पासमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गर्नुभयो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।