फेरि बलिउड चलचित्रमा देखिँदै सुनिल थापा।

काठमाडौं := कलाकार सुनिल थापा फेरि एकपटक बलिउड चलचित्रमा काम गर्ने हुनुभएको छ । उहा बलिउड फिल्म ‘काजी’मा देखिन लाग्नुभएको हो । चलचित्रको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा हुनुहुन्छ ।

‘काजी’ अभिनयका लागि मुम्बई पुग्नु भएका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाड्नु भएको थियो । अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताउनुभएको छ । चलचित्रको विषयमा भने उहाँले विस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताउनुभएको छ ।

केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने चलचित्र ‘क्वाथा’ गर्ने चर्चासमेत चलेको थियो । सो समय ‘क्वाथा’ चलचित्र अभिनयका लागि आफूलाई अफर आएको सुनिल आफैंले सार्वजनिक गर्नुभएको थियो । सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’ पनि अभिनय गर्नुभएको थियो ।