लन्डन:= म्यानचेस्टर युनाइटेड च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग सडनडेथमा पराजित हुँदै एफए कपको चौथो राउन्डबाटै बाहिरिएको छ । युनाइटेड घरेलु मैदानमा मिडल्सव्रगसँग सडनडेथमा ८-७ ले पराजित हुँदै बाहिरिएको हो।
निर्धारित समयमा एक/एक गोलको बराबरी र त्यसपछि अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि बराबरीपछि खेल सडनडेथमा पुगेपछि मिडल्सव्रगले बाजी मा¥यो ।
पेनाल्टीमा मिडल्सव्रगका प्याट्रिक म्याकनेएर, मार्टिन पाएरो, जोनाथन हाउसन, मार्कुस टाभेरनिएर र सोउलेमाने बाम्बाले गोल गर्नुभयो । युनाइटेडका जुआन माटा, हृयारी मगाएर, फ्रेड, क्रिस्टियानो रोनाल्डो र बु्रनो फर्नान्डेसले गोल गर्नुभयो ।
सडनडेथमा मिडल्सव्रगका डुनकान वाटमोर, डाइल फ्राइ र लि पेल्टिएरले गोल गर्नुभयो । युनाइटेडका स्कट म्याकटोमिने र डिएगो डालोटले गोल गर्दा एन्थोनी इलांगाले गोल गर्न सक्नुभएन ।
त्यसअघि ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलको २०औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न सक्नुभएन । पल पोग्वालाई डिजकेस्टिलले पेनाल्टी बक्समा लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो । तर, भर्खरै ३७ वर्ष लागेका रोनाल्डोको पेनाल्टी पोस्ट नजिकैबाट थोरै बाहिरियो ।
२५औँ मिनेटमा जेडान सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६४औँ मिनेटमा माट क्रुक्सले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभएपछि खेल सडनडेथतर्फ लम्बिएको थियो ।




















