अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न अदालतको आदेश।

मुम्बई:= पोर्न फिल्म मामिलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाई कोर्टको उहाँको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गर्नुभएको थियो ।

अदालतले अपिलप्रति महाराष्ट्र सरकारलाई नोटिस जारी गरेको छ । ‘यहीबीच अपिलकर्ताको विरुद्ध कुनै दण्डात्मक कारबाही नगर्नुहोला’, आदेशमा भनिएको छ । शर्मिलनका वकिल सुनील फर्नाण्डिजले यो मामलाका अन्य आरोपीलाई पहिला नै सुरक्षा दिइसकेको बताउनुभयो । मामलाको एक मुद्दामा शर्लिनलाई अभिनेत्री पुनम पाण्डेसँग आरोपी बनाइएको छ ।

अदालतले गत जनवरी १८ मा पुनम पाण्डेलाई पनि पक्राउमा रोक लगाउँदै सुरक्षा प्रदान गरिएको थियो । उच्च अदालतले शर्लिनको अग्रिम जमानत अपिल गत वर्षको नोभेम्बर २५ मा खारेज गरिदिएको थियो ।