राज कुन्द्राले शिल्पालाई दिए पाँच फ्ल्याट।

एजेन्सी := पोर्नो ग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन्।यो फ्ल्याटको मूल्य करोडौं पर्छ । राजले मुम्बईस्थित एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् ।

यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्छ । यो भवन समुन्द्र तट बाट करिब तीन सय मिटरको दुरीमा बनेको छ । जूहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् । शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् ।

यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो । यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन । राज गत वर्षको जुलाईमा अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आ’रोपमा प क्रा’उ परेका थिए। उनी माथि कैयौं धारा अनुसार मुद्धा दर्ता गरिएको थियो । जेलमा बसेको केही महिना पछि उनले जमानत पाएका थिए ।