क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित नेपाली दूतावासबाट पनि विद्यूतिय पासपोर्ट अर्थात इ-पासपोर्ट बितरण चाडैंनै सुरु हुने जनाएको छ।
अहिले मलेसिया स्थित नेपाली दूतावासबाट बितरण गरिँदै आईरहेको एमआरपि पासपोर्ट बनाउन र बितरण गर्न बन्द गरिएको र अब केहि हप्ता भित्रै इ-पासपोर्ट जारी गरिने तीब्र तयारी थालिएको नेपाली दुतावास मलेसियाका उपनियोग प्रमुख (कार्यवाहक राजदूत) मोती बहादुर श्रीशले मलेसियामै एक कार्यक्रममा सहभागी भएको बेला बताउनुभयो।
कार्यवाहक राजदूत मोती बहादुर श्रीशले नेपाली दुतावास मलेसियाको तर्फबाट बोल्दै, नेपाली दुतावास मलेसियामा रहेको नेपाली श्रमिकहरुको समस्या समाधान र सुविधा दिने कार्यमा सधै तत्पर रहेको बताए । हाल (एमआरपि) मेसिन रिडएबल पासपोर्ट नविकरण गर्न बन्द गरि इ-पासपोर्ट अर्को हप्ताबाट जारी गर्नेछौं जस्का लागि आवश्यक प्राविधिक सामग्री पनि मलेसियामा आईसकेकोछ त्यसैले ज-जसको पासपोर्ट रिनियु गर्नुपर्ने बेला भएको छ , तिनीहरु सबैले केहि हप्ता अझै धैर्य गर्न आग्रह गर्नुभयो।

मलेसियन सरकारले लागू गरेको रिक्यालिब्रेशन कार्यक्रम अन्तरगत अबैधानिक भएकाले भिषा लगाउन पाउने र ५०० रिंगेट तिरी स्वदेश फर्कन पाउने दुई प्रकारको कार्यक्रम संचालनमा थियो । जसमध्य भिषा लगाउन पाउने कार्यक्रम पुर्णरुपमा बन्द भएकोले अझै एजेन्टको भर नपर्न आग्रह गरे । स्वदेश फर्कने अवसर भने अझैपनि यहीँ बर्ष सन् २०२२ को जुन महिनासम्म रहेकोले अबैधानिक नेपालीहरु सबै स्वदेश फर्कन कार्यवाहक राजदूत मोती बहादुर श्रीशले सम्पुर्ण अवैधानिक नेपालीहरुमा आग्रह गर्नुभयो।




















