काठमाडौं:= अमेरिकी एनिमल फिल्म फेस्टिभलमा नेपालका छायांकार विष्णु कल्पितद्वारा निर्देशित डकुमेन्ट्री ‘गड्ज बफेल्लो’ छानिएको छ । यसै वर्षको किम्फ फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्रीका रूपमा पुरस्कृत ‘गड्ज बफेलो’ प्रतिस्ठित एनिमल फिल्म फेस्टिभलमा छानिएको हो ।
१४ मिनेट २० सेकेण्ड लामो डकुमेन्ट्री नोभेम्बर २५ देखि २७ सम्म अमेरिकामा हुने एनिमल फिल्म फेस्टिभलमा स्क्रिनिङ हुने भएको हो । डकुमेन्ट्रीमा गत असारमा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आएको बाढीले बगाएको भैँसी र उद्धारको कथा प्रस्तुत गर्छ ।
जहाँ २२ किलोमिटर टाढा बाढीले बगाएको भैँसी र भैँसी मालिकको संवेदना दृश्य देख्न सकिन्छ । किम्फमा दुई विधाबाट २ लाख रुपैयाँ जितेको यो डकुमेन्ट्री नेपाली फेस्टिभल निफमा समेत छनोट भएको छ ।




















