श्रममन्त्री कृष्णकुमार श्रेष्ठको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई सहयोग।

काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता वापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गर्नुभएको छ ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आउनुभएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु. ५० हजार प्रदान गर्नुभएको हो ।

उक्त रकम नेकपा ९एकीकृत समाजवादी०का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ। मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आउनुभएको छ । उहाँले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गर्नुभएको थियो ।

यसैबीच मन्त्री श्रेष्ठले तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ। यस पर्वले सम्पूर्ण नेपालीमा बन्धुत्व र एकताको भावना बढाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।