मुम्बई:= लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’को विजेता तेजस्वी प्रकाश बन्नुभएको छ । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैयाँ पुरस्कार पनि जित्नुभयो ।
शोमा प्रतीक सहजपाल फष्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बन्नुभयो । आइतबार राति भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिस्पर्धा भएको थियो ।

तर निशान्त १० लाख रुपैयाँ लिएर शोबाट बाहिरिनु भएको थियो । जसलाई शोका होष्ट सलमान खानले पनि सही निर्णय भन्नुभएको थियो । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।
अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक प्रतिस्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पार्नुभयो । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपुरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित हुनुभयो ।




















