अमेरिकी मोडल चेल्सीले ६० तलाबाट हाम्फालेर गरिन आत्माहत्या।

एजेन्सी := अमेरिकाकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङबाट आत्माहत्या गर्नु भएको छ । उहाँले मिस युएसए सन् २०१९ तथा अमेरीकी मोडल चेल्सी क्रिस्टले ६० तलाको बिल्डीङको २९ तलाबाट हाम्फालेर आत्माहत्या गर्नु भएको हो ।

उहाँको मृत्यु के कारणले भएको हो भन्ने विषयमा भने अहिलेसम्म पत्ता लागेको छैन् । उहाँले आत्माहत्या गर्नु भन्दा केही समय अगाडी आफ्नो इन्स्टाग्राम मार्फत केही लेख्नु भएको थियो । उहाँले मेन्टल हेल्थको बारेमा लगातार आफ्नो कुराहरु राख्ने गर्नु हुन्थ्यो ।

डेलीमेलका अनुसार ३० बर्षकी चेल्सीले अमेरिकी समय अनुसार बिहान ७ बजे र १५ मिनेटमा म्यानह्याटनमा आत्माहत्या गर्नु भएको हो । सो बिल्डीङको ९ औँ तलामा उहाँको घर थियो । उहाँलाई अन्तिम पटक २९ औँ तलामा देखिएको डेलीमेलकले जनाएको छ ।