जन उद्धार लबलेन क्षेत्रीय समिति द्वारा आयोजित भलिबल तथा चिठ्ठा कार्यक्रम सम्पन्न ।

जन उद्धार केन्द्र मलेशियाको क्षेत्रीय लबलेन सम्पर्क समिती द्वारा आयोजित महिला तथा पुरुष भलिबल प्रतियोगिता र भाग्यसली चिठ्ठा कार्यक्रम हिजो सम्पन् भएको छ।

कार्यक्रममा जन उद्वार केन्द्रका केन्द्रिय अध्यक्ष लगायत पदाधिकारी ,सुदुर पश्चिममेलि सेवा समाजका अध्यक्ष लगायत भिभिन्न संघ सस्थाका प्रतिनिधिहरु जन उद्धार केन्द्रका सम्पर्क समितिका सदस्य हरु खेलप्रेमी दर्शक र अतिथि टिमहरु लगायतको उपस्तिथिमा सम्पन्न भएको हो ।

खेलमा महिलातर्फ ४ टिम र पुरुष तर्फ ६ टिम खेलाडी उपस्तिथि थियो भने भाग्यसाली चिट्ठा प्रतियोगितामा जन उद्धार केन्द्र क्षेत्रीय समिति सम्पर्क समितिहरु लगायत विभिन्न संघ सस्था र ब्यक्तिहरुले भाग्यशाली चिठ्ठा कार्यक्रम मा सहभागी जनाउदै सहयोग गरेका थिए।

भलिबल प्रतियोगितामा महिला पुरुष गरि जम्मा १० टिम खेलाडी हरुको सहभगीता रहेको थियो। पुरुष तर्फ को खेल मा सुदुर पश्चिम समाज पहिलो, जन उद्धार लभलेन सम्पर्क समिती दोस्रो , जन उद्धार केन्द्र तेस्रो र D. Smucker फिलिपिनो टिम चौथो स्थान हासिल गरेको थियो भने महिल तर्फ team D. Smucker पहिलो, sinang jagar दोस्रो, hote babes तेस्रो र जन उद्धार लभलेन सम्पर्क समिती चौथो स्थान हासिल गरेको थियो। पुरुष तर्फको खेलमा उत्कृष्ट खेलाडी सुदिप मगर घोषित भएका थिए भने महिला तर्फको खेलमा फिलिपिन्स टिमबाट मरिया उत्कृष्ट खेलाडि घोषित भएकी थिइन ।

खेलको लागि जन उद्धार केन्द्र देखि 120 प्रती प्रमाणपत्र 1 थान जाली 1 थान भलीबल उपलब्ध गराइदिएको थियो भने पुरुष तर्फको नगद पुरस्कार (ipay remit) को तर्फबाट शुरेस कुमार देवकोटा र राजिन राई ले उपलब्ध गराएका थिए। पुरुष खेलाडी हरुको मेडल र सिल सम्राट मगर र बिक्की खत्री ले उपलब्ध गराइदिएका थिए। महिला तर्फको पुरस्कारको नगद पुरस्कार फिलिपिन्स नगरिक इमा र मारियाले स्पोन्सर गर्नु भएको थियो। महिला तर्फको पुरस्कारको मेड्ल र सिल थकाल मगर र नेपाली रेस्टुरेन्ट सुगम तामाङ्गले उपलबध गराएका थिए । जनउद्वार केन्द्र का केन्द्रिय महासचिव शंकर देब आचार्य ज्यु बाट 1 थान भलिबल उपलब्ध गरिदिनु भएको थियो। COFP( community organisation philipino in penang) ले पनि खेलका लागि आर्थिक सहयोग गरेको जन उद्वार केन्द्र्का सचीव कुमार खत्रीले जानकारी दिए।

भाग्यशाली चिठ्ठा तर्फ चिठ्ठा नम्बरहरु क्रमश
पहिलो: 0180
दोस्रो : 0240
तेस्रो : 0752
चौथो :0134
पाचौ : 0029
छैटौं : 0710
सातौ : 0953
कार्यक्रम लबलेन सम्पर्क समितिले जन उद्धार केन्द्र को उद्धार अभियान लाई सहयोग पुर्याउने उदेश्यले आयोजना गरिएको र आफुहरुले केन्द्र सहयोग गरेको लबलेन सम्पर्क समिति का अध्यक्ष तथा जन उद्धार केन्द्र का खेलकुद सम्योजक बालकृष्ण भण्डारी ले जानकारी दिए।

खेल मा सहभागी भएर उपस्थित जनाएर चिठ्ठा खरिद गरेर आर्थिक नैतिक भौतिक विविध तवरले सहयोग गर्नुहुने तपाइहरु सम्पुर्ण लाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि अझै भब्य प्रतियोगिता हरु आयोजना गर्न प्रतिबद्धता ब्यक्त गरेको छ ।