बलिउड अभिनेत्रीहरूको बिकिनी मोह!

मुम्बई:= बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो खँदिलो शरीरलाई बाहिर देखाउँछन् । त्यसैले उनीहरूका फ्यानलाई उनीहरू कति मूल्यको बिकिनी लगाउँछन् भन्ने चासो सधैं भइरहन्छ ।

केही दिनअघि एक विज्ञापनको सुटिङका लागि अभिनेत्री कैटरिना कैफ माल्दिभ्समा हुनुहुन्थ्यो । माल्दिभ्समा गएर उहाँले आफ्नो स्टाइलिस बिकिनीमा विभिन्न तस्बिर खिचाउनुभयो । कैटरिनाको नियोन मल्टी कलर बिकिनीको मूल्य १० हजार नौ सय भारु हो ।

कम उमेरमै दर्शकको मनमा बस्न सफल अभिनेत्री जाहृनवी कपुरले हालैमात्र बिकिनी तस्बिर पोस्ट गर्नुभएको थियो । स्विमिङ पुलमा जुन बिकिनी लगाएर जाहृनवीले फोटोसुट गराउनुभएको थियो, त्यो बिकिनीको मूल्य १७ हजार ४९० भारु पर्छ ।

हालका दिनमा अभिनेत्री अनन्या पाण्डे आफ्नो नयाँ फिल्म ‘गहारइयाँ’ को प्रमोसनमा व्यस्त हुनुहुन्छ । अनन्याले पनि धेरैपटक बिकिनीमा फोटोसुट गराइसक्नुभएको छ । उहाँको थ्रि पिस बिकिनीको मूल्य १६ हजार २४० रुपैयाँ पर्छ ।

अभिनेत्री करिना कपुरले जहिल्यै आफ्नो फेसन सेन्सबाट दर्शकलाई प्रभावित बनाइरहनुभएको हुन्छ । केही समयअघि उहाँले लगाएको जियोमेट्रिक प्रिन्ट स्विमसुटको चर्चा निकै भएको थियो । यसको मूल्य दुई हजार ५९० रुपैयाँ पर्छ ।

हालैमात्र आमा बन्नुभएकी अभिनेत्री प्रियंका चोपडा पनि समय-समयमा बिकिनीको ग्ल्यामर तस्बिर पोस्ट गरिरहनुहुन्छ । उहाँले लगाउने गरेको रेड स्विमसुटको मूल्य २८ हजार दुई सय रुपैयाँ हो । अभिनेत्री सारा अलि खान पनि स्विमवेयरमा निकै देखिने गर्नुहुन्छ । ओरेन्ज र पिंक रङको स्विमवेयरमा सारा निकै सुन्दर देखिनुहुन्छ । यो स्विमवेयरको मूल्य १० हजार चार सय रुपैयाँ हो ।

अभिनेत्री दिशा पटानी प्रायः छुट्टीमा घुम्न गइरहनुहुन्छ, जहाँबाट उहाँले आफ्नो बिकिनी तस्बिर सार्वजनिक गर्नुहुन्छ । कसैले दिशाको ओरेन्ज शेड बिकिनी सम्झिएको छ भने त्यसको मूल्य १२ हजार आठ सय रुपैयाँ पर्दछ । पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी प्राय बिकिनीमै देखिनुहुन्छ । उहाँले सार्वजनिक गर्नुभएका फोटोहरूमा पनि प्रायः बिकिनीमै देखिने गर्नुभएको छ ।