लस्कर फुड्सको कम्बो अफर।

काठमाडौं:= अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफर ल्याएको छ । कम्पनीले चार सय ९९ रुपैयाँको कम्बो अफर ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन वस्तीले जानकारी दिनुभएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत् घरमै उपलब्ध गराउनु रहेको कम्पनीको दाबी छ । प्रभु पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न सकिने लस्करले जनाएको छ । ठमेलको पकनाजोलस्थित लस्कर फुड्सको कार्यालयमा सिधै फोन गरेर वा लस्कर फुड एपबाट आफूलाई मनपर्ने खाना/खाजा मगाउन सकिने कम्पनीका निर्देशक समिर चौलागाईंले बताउनुभयो ।