विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ जना, पुरुष र महिला कति ?

काठमाडौं := बुधबार सार्वजनिक २०७८ को जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा कार्यरत रहेको , बसोबास गरेको पाइएको छ ।

यो मध्ये १७ लाख ६३ हजार ३१५ पुरुष र ४ लाख ६ हजार १०३ जना महिला विदेशमा रहेको देखाएको छ । १० वर्षअघिको जनगणनामा विदेशमा बसोबास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार ४९४ देखाएको थियो। तर अहिले भने विदेशिने महिलाको सङ्ख्या झण्डै दोब्बर अर्थात् .३६ प्रतिशत विन्दुले बढेको विभागले जनाएको छ ।

नेपालका ७७ वटै जिल्लाबाट नेपालीहरू विभिन्न अन्तर्राष्ट्रिय देेेशमा विदेसिएको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा बढी विदेशिनेमा क्रमशः काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम क्रमशः मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङवासी रहेका छन् ।