नेपाली राजदूतावास मलेसियाद्धारा एमआरपी पासपोर्ट नवीकरण कार्य तत्काल स्थगित,रोक।

क्वालालम्पुर (मलेसिया):=  नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाले यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरणको कार्य स्थगित गरेको , रोकेको छ ।

बुधबार दूतावासले समाजिक संजाल फेसबुकको आफ्नो आधिकारिक पेजमार्फत एक सुचना सार्वजनिक गरेर  यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरण गर्ने काम तत्कालको लागि रोकेको स्थगन गरेको जानकारी दिएको हो।

नेपाली दूतावासका अनुसार नेपालमा ई-पासपोर्ट जारी भईसेकेकोले अब चाडैं नै मलेसियामा कार्यरत नेपालीहरुलाई पनि ई-पासपोर्ट दिईने बताउनुभएको छ। त्यसै स्वरुप ई – पासपोर्टको लागि विशेष प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका कार्यहरु गर्नको लागि हाल यन्त्रबाचक राहदानी नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको दूतावासले जनाएको छ।

दूतावासले बताए अनुसार केहि दिनभित्रै ई-पासपोर्ट शुरुवात गर्ने गरी राहदानी नवीकरण गर्ने कार्य पुनः सुचारु हुने बताएको छ । राहदानी नवीकरण कार्य सुरुवात गरेपछि सो सम्बन्धि राजदूतावासबाट अर्को सुचना जारी हुनेसमेत दूतावासले  जनाएको छ ।

तत्काललाई ज-जसको एमआरपि पासपोर्टको म्याद सकिएर नवीकरण गर्नुपर्ने अवस्थामा रहेका छ्न र ज-जसले नयाँ पासपोर्ट बनाउने तरखरमा छ्न उनीहरु केहि दिन पर्खेर  दूतावास मलेसियाबाट ई-पासपोर्ट बितरण सुरु हुने भएपछि दूतावासमा आएर ई-पासपोर्ट बनाउन सकिने बताउनुभएको छ।