मुम्बईमा बलिउड सुपरस्टार अक्षयको नयाँ आलीशान अपार्टमेन्ट।

मुम्बई:= बलिउड अभिनेता अक्षय कुमारले हालै मुम्बईमा नयाँ आलीशान अपार्टमेन्ट खरिद गर्नुभएको छ । उहाँले समुद्री किनारमा रहेको जोय लेजेन्ड भवनको १९औं तलामा १८७८ वर्ग मिटरमा फैलिएको आलीशान फ्लाट खरिद गर्नुभएको हो ।

उहाँका यो अपार्टमेन्ट ‘प्राइमबीच’ बिल्डिङमा छ । जो समुद्र किनारमा रहेको छ । उहाँको फ्लाटबाट समुद्रको सुन्दरता देख्न पाइन्छ । आफ्नो नयाँ फ्लाइटको बारेमा ट्विंकल खन्नाले भन्नुभएको छ, ‘समुद्रको आसपास जति पनि सुन्दरता हुन्छ त्यसको सबै मजा घरको रेलिङबाट सूर्यास्तसम्म लिन पाइन्छ ।’

कोइमोईको रिपोर्ट अनुसार अक्षय कुमारले उक्त नयाँ फ्लाट ७.८ करोड भारतीय रुपैयाँमा जनवरी पहिलो साता खरिद गर्नुभएको हो । उहाँले खरिद गरेको फ्लाटमा चारवटा अत्याधुनिक लक्जरी कोठा छन् । चारवटा कार पार्किङ गर्न मिल्ने ठाउँ छ ।

नयाँ खरिद गरेको घरमा उहाँ आफ्नी पत्नी ट्विंकल खन्ना, छोरी नितारा र छोरा आरवसँगै बस्नुहुनेछ । अक्षय कुमारले खरिद गरेको यो दोस्रो घर हो । यसअघि आफूलाई फोटो खिच्न नदिएर सुरक्षा गार्डले हप्काएर निकालेको घर नै उहाँले खरिद गर्नुभएको थियो ।

उहाँ त्यो बेला बलिउडमा आइसक्नुभएको थिएन । उहाँ त्यो बेला एक चिरपरिचित फोटोग्राफरका ‘असिस्टेन्ट’ हुनुहुन्थ्यो ।उहाँ ती फोटोग्राफरसँग उहाँको हाल घर भएको ठाउँ (जुहुबीच)मा फोटा खिच्ने काममा सघाइरहनु भएको थियो । अक्षयलाई यो कामका लागि पैसाको साटो यहीँ फोटो सुट गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।