युक्रेनमा रूसी अतिक्रमणः प्रतिकार लिन आठ हजार अमेरिकी सेना तयारी अवस्थामा।

न्यूयोर्क:= अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आठ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रूसमाथि हमला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रूसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।

युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपका साझेदार देशहरूसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रूसविरुद्ध सामूहिक रणनीति अपनाउने विषयमा छलफल भएको थियो । पेन्टागनका प्रवक्ता जोन कर्बीले रूसी सेना उपस्थिति रहेको क्षेत्रमा तनाव सिर्जना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताउनुभएको छ ।

रूसले युक्रेनमा हमला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरूले बताएका छन् । यसअघि रूसले अतिक्रमण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रूसी अतिक्रमणको अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएको छ ।