क्वालालम्पुर (मलेसिया):= मलेसियाका पूर्व प्रधानमन्त्री डाक्टर तुन महाथिर मोहम्मदको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
पुर्व प्रधानमन्त्री डा. तुन महाथिरको कार्यालयका प्रवक्ताले शनिबार एक बिज्ञप्ति सार्वजनिक गरि जनाएका छ्न । ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले जारि गरेको संक्षिप्त विज्ञप्तिमा बताएका छन ।
पुर्व प्रधानमन्त्री महाथिरको स्वास्थ्य लाभको कामना गर्दै कैयौं मन्त्री र मलेसियालि जनताहरु मस्जिदमा गैई प्रार्थना गरिरहेको छ। मलेसिया देशलाई विकसित राष्ट्र बनाउनमा डा. तुन महाथिरको ठूलो योगदान रहेको स्थानीय जनताले बताउछ।

यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो ।उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो।
महाथिरले दुई कार्यकालका लागि मलेसियाको प्रधानमन्त्रीको पदमा भारि बहुमतले निर्वाचित भएर सेवा गरेका थिए । पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो । Bernama





















