एजेन्सी बेइजिङ:= चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी)को अनुशासन र कानुनको उल्लंघन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचारविरोधी निकायले जनाएको छ ।
देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाखभन्दा बढी सार्वजनिक सूचना प्राप्त गरी ६ लाख ३१ हजार मामिलामा अनुसन्धान सुरु गरेको सीपीसी केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले जानकारी दिएका छन् ।



















