पत्रकार विश्वकर्माको निधनको छानबिन गर्न र क्षतिपूर्ति दिन श्रमजीवी पत्रकार संघको माग।

काठमाडौं := श्रमजीवी पत्रकार संघले पत्रकार एलबी विश्वकर्माको निधनको छानबिन गर्न र दोषीलाई कारबाहीसहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएपछि भएको निधनकाबारेमा शुक्रबार सिभिल हस्पिटलको व्यवस्थापनसँग छलफल गरेको जानकारी दिदै  संघका अध्यक्ष जन्मदेव जैशीले निष्पक्ष छानबिनसहित दोषीमागि कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनु भयो ।

‘उपचार नगरी आईसीयु छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानबिनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्नादिने अस्पताल व्यवस्थापनदलाई जानकारी दिइएको छ’, उहाँले भन्नू भयो ।

उहाँका अनुसार व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आईसोलेसनमा भएकाले  फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।

आउँदो आइतवार श्रमजीवी–पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठक बस्ने तयारी भएको अध्यक्ष जैशीले जानकारी दिनु भयो ।