बाेन म्याराे ट्रान्सप्लान्ट गर्नुपर्ने भन्दै ५ वर्षीय बालकले गरे आर्थिक सहयोगको याचना।

बारा := करैयामाई गाउँपालिका वडा नं २ करैया, बारा निवासी ५ वर्षीय बालक रिदम चौधरीको बाेन म्याराे ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ । डाक्टरको सल्लाहअनुसार रिदमको नयाँ दिल्ली स्थित गंगाराम हस्पिटलमा उपचार हुदैछ । उनको उपचारमा ३० लाख रुपियाँ खर्च हुने डाक्टरले बताएका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार रिदमको समयमै उपचार हुन नसके ज्यान नै जोखिममा पर्ने भन्दै तत्काल पैसा उपलब्ध गराउन अस्पताल प्रसासनले जानकारी दिएको छ ।
सामान्य किसान परिवारमा जन्मेका बालकको परिवारको अवस्था निकै नाजुक रहेको छ । आफुसंग भएका पैसा पहिला नै उपचारमा खर्च भईसकेको, ऋण पनि लिएर उपचार गराएको जानकारी बालकको बाबा विनोद चौधरीले दिनुभयो । सहयोगको याचना गर्नु बाहेक केहि नभएको भन्दै  बालकको बाबा आमा सहयोग गरिदिन याचना गर्नुभएको छ ।
सहयोगीहरुले रिन्जु चौधरीको नाउँमा रहेको सिदार्थ बैंकको खाता नम्बर ००२१५३८०८०७ वा इसेवाको खाता नम्बर ९८२७२२३२९२ जम्मा गरिदिन अपिल गर्नुभएको छ । साथै अन्य केहि थप जानकारीको लागि परिवारको सम्पर्क नम्बर ९८०७२१२६७२ मा फोन गरेर बुझ्न र सहयोग गर्न सक्नुहुनेछ।