जनउद्वार केन्द्र लभलेन समितीले भलिबल प्रतियोगिता तथा भाग्यसाली चिठ्ठा कार्यक्रम गर्ने।

क्वालालम्पुर (मलेसिया):= जनउद्धार केन्द्र मलेसिया पेनाङ्ग लभलेन सम्पर्क समितीले चाइनिज नयाँ बर्षको अवसरमा महिला तथा पुरुष भलिबल प्रतियोगिता र भाग्यशाली चिठ्ठा कार्यक्रम आयोजना गर्ने भएको छ।

कोरोना माहामारीको कारण लामो समय देखि मानिसहरुको प्रत्येक्ष उपस्थितिमा खेल हरु हुन नसकिरहेको अबस्थामा स्वास्थ मापदण्डको पालना गर्दै , सजकता अपनाउदै खेल तथा भाग्यसाली उपहार कार्यक्रम आयोजना गर्न लागिएको सम्पर्क समिति अध्यक्ष बालकृष्ण भण्डारीले बताउनुभयो।

सो कार्यक्रमले मनोरंजन दिनुको साथसाथै खेल क्षेत्रमा क्षमता भएका खेलाडि हरुलाइ प्रोत्साहनमा सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताउनुभयो।

संस्थाको आन्तरिक खेल भएकोले खेलमा सहभागी हुनको लागि जनउद्धार केन्द्रको आजिवन वा साधारण सदस्यता अनिवार्य लिइएको र अतिथि टिमलाइ सहभागी गराइने तथा खेलमा सहभागी हुनको लागि जनवरी २५ तारीख भित्रमा टिम दर्ता गरिसक्नुपर्ने कार्यक्रम आयोजक समितीले जानकारी दिए।

कार्यक्रमको मिति स्थान समय र पुरस्कार हरु निम्न रहेका छन: 

भलिबल प्रतियोगिता पुरस्कारहरु : 

प्रथम पुरस्कार= सिल,मेडल,प्रमाणपत्र र नगद
दितिय पुरस्कार= सिल,मेडल,प्रमाणपत्र र नगद
तृतिय पुरस्कार = सिल,मेडल,प्रमाणपत्र र नगद
उत्कृष्ट खेलादी एक जना लाइ ट्रफी
टिम दर्ता दर्ता शुल्क RM = 300/
खेल खेलाउने मिती 30/1/2022
स्थान = Ocean view court. Penang
खेलको नियमहरु
1) खेल टि टि को नियम आनुसार नकआउटको आधारमा खेलाइने छ।
2)कोच १ जना र खेलाडी ९ जना गरि जमा १० जना टिममा सहभागी हुन पाइने छ।
3) खेलाडी को जर्सी र नम्बर अनिवार्य हुनु पर्ने छ।
4)खेल खेलाउने मिति भन्दा १५ दिन अगाडी टीम दर्ता गर्नु पर्ने छ।
5) खेलमा जन उद्धार केन्द्र को सदस्यता कार्ड भएको र निमन्त्रणा गरि बोलाएको सस्थाहरुले मात्र सहभगी हुने पाउने छ।
6) खेलमा कुनै बादबिबाद भएमा रेफ्री र आयोजक को निर्णयनै आन्तिम निर्णय हुनेछ।
7) खेल मा कुनै चोटपटक लागेमा आयोजक जिम्मेवारी हुने छैन।

भाग्यशाली चिठ्ठा कार्यक्रम

मिती 02/02/2022
प्रथम पुरस्कार = LED TV 32″
दितिय पुरस्कार = OPPO MOBILE
तृतीय पुरस्कार = SOUND SYSTEM
चौथो पुरस्कार = MIXTURE
पाचौ पुरस्कार = TABLE FAN
छैटौ पुरस्कार = IRON
सातौ पुरस्कार = WATCH
अध्यक्ष बालकृष्ण भण्डारी
सम्पर्क : 0184696300
सचीव : पृतम मगर
सम्पर्क : 0149859088
आयोजक : जन उद्धार केन्द्र लभलेन सम्पर्क समिति