पाल्पाली सेवा समाज मलेसियाले चाइनिज नयाँ बर्षमा भलिबल प्रतियोगिता आयोजना गर्ने।

क्वालालम्पुर (मलेसिया):= पाल्पाली सेवा समाज मलेसियाले आउँदै गरेको चाइनिज नयाँ बर्षको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

कोरोना माहामारीले लामो समय देखि स-उपस्थितिमा खेल हरु हुन नसकिरहेको अबस्थामा स्वास्थ मापदण्ड अपनाउदै खेल आयोजना गरेको आयोजक समितीका प्रेम सुनारले जानकारी दिए । प्रतियोगिताले मनोरंजन दिने साथै खेल क्षेत्रमा क्षमता भएका खेलाडि हरुलाइ प्रोत्साहनमा सहयोग पुग्ने समितीका  सुनारले बताए।

कार्यक्रमको मिति स्थान समय र पुरस्कार हरु निम्न अनुसार रहेका छन ।
भलिबल प्रतियोगिता पुरस्कारहरु : 
प्रथम पुरस्कार= RM 3000 नगद मेडल,प्रमाणपत्र (मेडल सौजन्य ,विष्णु श्रेष्ठ, सहदेव राज)
दितिय पुरस्कार= RM 1800 नगद,मेडल,प्रमाणपत्र (मेडल सौजन्य ,विष्णु श्रेष्ठ, सहदेव राज)
तृतिय पुरस्कार = RM 1000 नगद,मेडल,प्रमाणपत्र (सौजन्य ,अवि लिम्बु ,रुद्र श्रेष्ठ) (मेडल सौजन्य ,विष्णु श्रेष्ठ, सहदेव राज)
टिम दर्ता दर्ता शुल्क RM = 555
खेल खेलाउने मिती 01/2/2022 र 02/1/2022
स्थान = Arina 26 shah alam

खेलको नियमहरु
1) खेल टि टि को नियम आनुसार नकआउटको आधारमा खेलाइने छ।
2) खेलाडीहरु कोच सहित ८ जना टिममा सहभागी हुन पाइने छ।
3) सम्पुर्ण खेलाडिले कोभिड को सेकेन्ड डोज भ्याक्सिन लगाएको हुनुपर्ने छ
4) खेलाडी हरु आयोजक टिम भन्दा छुट्टै ७ टिम भन्दा कम्ती भएमा आयोजकले पुरस्कार परिवर्तन गर्न सक्ने छ।
5) टाढा बाट आउने खेलाडी हरुलाइ बस्नको ब्यबस्था गरिने छ ।
6) खेलमा कुनै बादबिबाद भएमा रेफ्री र आयोजक को निर्णयनै आन्तिम निर्णय हुनेछ।
7) खेल मा कुनै चोटपटक लागेमा आयोजक जिम्मेवारी हुने छैन।

खेल संरक्षक
डिएस थापा
सुमित तामाङ

टिम दर्ता दर्ता सम्पर्क नम्बर
खेमराज मगर 0146462036 योगेद्र मगर 0149634165