कंगनालाई लिएर अन्सारीको विवादास्पद वयान।

मुम्बई:= जामताडाका कांग्रेस विधायक डा.इरफान अन्सारीले अभिनेत्री कंगना रनौतलाई लिएर विवादास्पद वयान दिनुभएको छ । कंगना रनौतको गालाभन्दा पनि जामताडाका सडक चिल्लो हुने उहाँको भनाइ छ ।

जामताडाका विधायक इरफान अन्सारीद्वारा रेकर्ड गरिएको भिडियोमा, कांग्रेस नेताले कंगनाको गाला जस्तै चिल्लो सडक आदिवासी समुदायका बालबालिका र राज्यका युवाहरूले प्रयोग गर्नेछन् भनेको सुनिएको छ ।

उहाँले जामताडामा यस्ता सडक बनाइने बताउनु भएको हो । जसमा जनताले न धुलो फाल्नुपर्छ, न खाल्डाखुल्डी नै खानुपर्छ । जामताडाका विधायक इरफान अन्सारी, जो डाक्टर पनि हुनुहुन्छ, विवादास्पद टिप्पणी गर्नु नयाँ होइन । उहाँले भर्खरै मास्क लामो समयसम्म लगाउन नहुने पनि बताउनुभएको थियो।

यस्तै मुख्यमन्त्री योगी आदित्यनाथले कंगनाको तारिफ गर्नुभएको छ । अभिनेत्री कंगनाले हालै आफ्नो इन्स्टाग्रामबाट एउटा भिडियो शेयर गर्नुभएको छ । जसमा योगी आदित्यनाथले विश्वको फिल्म सिटीलाई उत्कृष्ट फिल्म सिटी बन्ने बताउनुभएको छ । त्यसपछि एउटा कुराको जवाफमा मुख्यमन्त्री योगी आदित्यनाथ भन्नुहुन्छ, ‘म कंगना जीको फिल्म अवश्य हेर्छु’ ।

कंगनाले आफ्नो इन्स्टास्टोरीमा यो भिडियो क्लिप शेयर गर्दै लेख्नुभएको छ, ‘महाराज जी’ । हाल कंगना रनौत आफ्फ्नो प्रोडक्सन हाउसको डेब्यु फिल्म ‘टिकु वेड्स शेरु’को सुटिङमा व्यस्त हुनुहुन्छ । यसमा नवाजुद्दीन सिद्दीकी र अवनित कौरको मुख्य भूमिका छ । एजेन्सीको सहयोगमा