भारतमा एकैदिन थपिए साढे दुई लाख संक्रमित।

नयाँदिल्ली:= भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ । पछिल्लो समय थप दुई लाख ४७ हजार कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समयमा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ ।

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँदिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो समयमा साढे २७ हजारको मृत्यु भएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५४ करोड ६१ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।