आइएमईले सफ्टवेयर इन्जिनियरिङ पढ्न छात्रवृत्ति दिने।

काठमाडौं:= जिएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङमा स्नाकोत्तर अध्ययन गर्न दुईजनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।

जसका लागि माघ २८ गतेसम्म इच्छुक विद्यार्थीले व्यक्तिगत विवरण फाउन्डेसनलाई पठाउनुपर्नेछ । छात्रवृत्तिअन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकी डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिने फाउन्डेसनले जनाएको छ । कोरियामा अध्ययनरत रहँदा जिएमई कोरियामा सशुल्क इन्टर्नसिपको अवसर प्राप्त हुनेछ भने अध्ययनपछि कम्तीमा दुई वर्ष जिएमई कोरियामा पूर्णकालीन रूपमा आबद्व हुनुपर्नेछ ।