बस चालकका छोरा यसरि बने २५० करोडको फिल्म खेल्ने पहिलो अभिनेता!

एजेन्सी:= कन्नड अभिनेता यशले आज ३५ औं जन्मदिन मनाएका छन्। यशको जन्म सन् १९८६ को जनवरी ८ मा भएको हो। उनी कर्नाकटको सानो गाउँमा हुर्किएका थिए। उनको असली नाम नवीन कुमार गौडा हो । यशका पिता अरुण कुमार गौडा कर्नाटक स्टेटमा बस चालकको काम गर्ने गर्दथे । यशले एक अन्तरवार्तामा उनका पिता बस चालक भएको खुलाएका छन् ।

उनले केजीएफको प्रीरिलीजको एक कार्यक्रममा राजामौलीले भनेका थिए, ‘म यशका पिता बस चालक थिए भन्ने सुनेर अचम्ममा परेँ । मेरो लागि यशभन्दा उनका पिता ठूलो अभिनेता हुन्।’ यश सानैदेखि अभिनेता बन्न चाहान्थे । उनले एकपटक विद्यालयको एक कार्यक्रममा फिल्मको सिन अभिनय गरेका थिए । जसले उनलाई आफू अभिनेता भएको भान भयो । पढ्दा पढ्दै उनले १२ कक्षापछि पढाई छोडिदिए ।

त्यसपछि नाटक मण्डलीमा भाग लिए । उनलाई परिवारमा अभि नेता बन्न छुट थिएन । तर उनले परिवारको विरुद्ध गएर आफ्नो अभिनय गर्ने सौख पूरा गरे । परिवारलाई दुखी बनाएर ३०० रुपियाँ बोकेर बेंग लुरु गएका उनलाई अभिनेता बन्न भने सफल भएन । फिल्मी दुनियाँको बारेमा जानकारी नभएका यश दिनभर यता र उता हिँड्दै काम खोज्थे ।

उनले सुरुवाती दिनहरुमा ब्याकराउण्ड आर्टिस्टको भूमिका निभाए । स–साना काम गर्दागर्दै उनले टेलिभिजनमा सीरियलमा काम गर्न थाले । उनको करियर भने केजिएफले नै उचाईमा पुर्यायो । यो फिल्म सन् २०१८ मा रिलीज भएको थियो । यो फिल्म नै पहिलो फिल्म हो जसले २५० करोड भन्दा बढी कमाई गरेको थियो ।