एजेन्सी मुम्बई := अहिले प्रदर्शनरत अभिनेता अल्लु अर्जुन र अभिनेत्री रस्मिका मन्दाना अभिनित भारतीय चलचित्र ‘पुष्पाः द राइज’ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । यो चलचित्रको लोकप्रियतापछि निर्माता यसको सिक्वेल ‘पुष्पाः द रुल’को तयारीमा जुटेका छन् ।
यही क्रममा अभिनेत्री रश्मिकाले सिक्वेलका लागि आफ्नो पारिश्रमिकमा एक करोड बढोत्तरी गर्नुभएको छ । समाचार अनुसार ‘पुष्पाः द राइज’का लागि रश्मिकाले दुई करोड पारिश्रमिक लिएकी थिइन् । उहाँले यसको सिक्वेलका लागि अहिले तीन करोड माग गर्नुभएको छ ।
निर्माताहरू पनि रश्मिकाको मागप्रति सकारात्मक छन् । यदि उहाँको माग अनुसार पारिश्रमिक पाइन् भने यो उहाँको करियरकै सर्वाधिक बढी पारिश्रमिक हुनेछ । निर्देशक सुकुमारका अनुसार ‘पुष्पाः द रुल’ यही फेब्रुवरीबाट फ्लोरमा जानेछ । चलचित्र सन् २०२२ को अन्त्यमा रिलिज हुनेछ ।





















