एजेन्सी मुम्बई:= बलिउड अभिनेत्री कल्की कोचलिन विवाह नगरी आमा बन्नुभएको छ । सोमबार (१० जनवरी) मा आफ्नो ३८ औं जन्मोत्सव मनाउनुभएकी कल्की इजरायलमूलका पेन्टर गाई हर्शबर्गसँग प्रेमसम्बन्धमा हुनुहुन्छ । उहाँहरू लिभइन सम्बन्धमा छन् । तर, विवाह गरिसक्नुभएको छैन । यही सम्बन्धबाट कल्कीले २०२० मा छोरीलाई जन्म दिनुभएको हो ।
इजरायलका पेन्टरसँगको सम्बन्धभन्दा अघि आफ्नो पहिलो चलचित्र सन् २००९ को ‘देव डी’को समयपछि निर्देशक अनुराग कश्यपसँग नजिकिनु भएको थियो । उहाँहरूबीच प्रेम बस्यो र २०११ मा विवाह पनि भयो । तर, उहाँहरूको वैवाहिक सम्बन्ध दुई वर्षभन्दा धेरै सकेन र सम्बन्ध विच्छेद भयो ।
यस्तै कल्कीका आमाबुधा फ्रान्सबाट भारतको पान्डिचेरी आएर बस्नु भएको थियो । थुप्रै राष्ट्रिय अवार्ड जितिसक्नु भएकी कल्कीले आफ्नो बाल्यकालको कालो दिनबारे अन्तर्वार्तामा शेयर गर्नुभएको छ ।
कल्कीका अनुसार उहाँको नौ वर्षको उमेरमा यौनशोषण भएको थियो । तर, उहाँले यो कुरा लामो समयसम्म आफूभित्रै राख्नुभयो । कल्की १५ वर्षको हुँदा आमाबुबाको सम्बन्ध विच्छेद भएको थियो र बुबाले दोस्रो बिहे गर्नुभयो । तर, कल्की भने आफ्नो आमासँग बस्नुहुन्थ्यो ।




















