बङ्ग्लादेश := बंङ्गलादेशमा सम्पन्न भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जित्नुभएको छ । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो हुनुभएको हो । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण पदक जित्नुभएको थियो ।
पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्नुभयो । उहाँले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्नुभएको हो । भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३ मिनेट २८ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जित्नुभयो । भारतकै ज्योति गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्नुभयो ।
नेपाली पुरुष खेलाडीले पदक जित्न सक्नुभएन । नेपालका दुई पुरुष खेलाडीले पनि दक्षिण एसियाली कोटामा प्रतिस्पर्धा गर्दा पनि कुनै पदक हात पार्न सक्नुभएन । नेपालका किरण सिंह बोगटी २ घण्टा २३ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै पाँचौँ स्थानमा रहनुभयो । शीर्ष चारमा भारतीय खेलाडीकै पकड रहँदा बुगाथा स्रिनुले २ घण्टा १६ मिनेट २६ सेकेन्ड समयसहित स्वर्ण जित्नुभयो ।




















