‘मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’ को उपाधी उर्मिलाले जितिन्।

काठमाडौं:= रिवन इन्टरटेनमेन्टको आयोजनामा ‘मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१’ सम्पन्न भएको छ । जुन प्रतियोगिताको टाइटल उर्मिला उप्रेतीले जित्नुभएको छ । उर्मिला अब म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्राण्ड इन्टरनेशन २०२२’ मा नेपालको तर्फबाट सहभागी हुन पाउनुहुनेछ ।

शनिबार राति राजधानीको अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रमबीच उर्मिलालाई मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ ताज पहिराएको हो । समारोहमा प्रमुख अतिथी नेपाली सेनाका पूर्वप्रधानसेनापती रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्वनिर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराउनु भयो ।

कोरियोग्राफर तथा इभेन्ट सञ्चालक अश्विनीकान्त झाद्वारा सञ्चालित समारोहमा प्रमुख अतिथी कटुवाल, मिसेस नेपाल वल्र्ड दीक्षा केसी, मिसेस नेपाल इन्टरनेशनल २०१८ तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशनल २०१९ भाविशा कोइराला, गायक सीताराम पोखरेल, शिक्षाविद् पूर्ण लामा, सुदन डोटेललगायतले उर्मिलालाई सफलताको शुभकामना दिनुभएको थियो । त्यसैगरी मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्राण्ड इन्टरनेशन २०२२ मार्पmत नेपाललाई विश्वसामु चिनाउने प्रयास गर्ने बताउनुभयो ।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस ग्राण्ड इन्टरनेशनल नेपाल २०२१ उर्मीला उप्रेती सिलवाललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने मिसेस ग्राण्ड इन्टरनेशनल २०२२ मा नेपालको प्रतिनिधित्व गराइनेछ । भैरहवाकी उर्मिला केहीअघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्डमा अन्तिम चरणसम्म पुग्न सफल हुनुभएको थियो ।