बलिउड कलाकारहरु कोरोना भाइरसबाट संक्रमित।

नयाँदिल्ली:= विश्वभरी कोरोना भाइरस फेरि पनि फैलिरहेको अवस्थामा कला क्षेत्रमा थुप्रै कलाकारहरू यो भाइरसबाट टाढा छैनन् । कतिपय कलाकार अहिले पनि संक्रमित भई आइसोलेसनमा छन् । यसैबीच बलिउड थुप्रै कलाकारहरूमा कोरोना देखिएको छ । लोकप्रिय अभिनेत्री ईशा गुप्तामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

ईशाले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भएको जानकारी गराउनुभएको हो । उहाँले इन्स्टाग्राममा लेख्नुभएको छ, ‘सबै सुरक्षा मापदण्ड पालना गर्दा पनि म कोरोना संक्रमित भएँ । म कोरोना नियमको पालना गर्दै छु र सेल्फ क्वारेन्टाइनमा बसेको छु ।’ यस्तै उहाँले पहिलेभन्दा बलियो भनेर फर्कनेमा आशा राखेको बताउनुभएको छ । अघि लेख्नुभएको छ, ‘तपाईं सबै सुरक्षित रहनुहोस् र मास्क लगाउनुहोस् । आफ्नो धेरै ख्याल राख्नुहोस् र मास्क टपअप गर्न नबिर्सनुहोस् ।’

यसअघि चर्चित टिभी शो तारक मेहताका उल्टा चश्माका बाघा अर्थात् तन्मय वेकारियालाई कोरोना संक्रमण भएको थियो । यसै क्रममा हालै प्राप्त जानकारी अनुसार बिग बोस १५ फेम विशाल कोटियान पनि यो संक्रमणको चपेटामा पर्नुभएको छ । अघिल्लो दिन टिभी सिरियल ‘गम है किसी के प्यार’की चर्चित आयशा सिंह पनि कोरोना संक्रमित हुनुभएको थियो ।

यसबाहेक हालै विशाल ददलानी, महेश बाबु, स्वरा भास्कर, अरिजित सिंह, एलिस कौशिक, सिमरन बुधरूप, अक्षय खरोडिया, मोहित परमार, नकुल मेहता, शरद मल्होत्रा, वरुण सुद, एरिका फर्नान्डिस र शिखा सिंह कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ ।