पश्चिम् दाङको दङ्गीशरणमा थारु साँस्कृतिक कार्यक्रम माघी सञ्चालन हुने।

[ बिबश रसाईली ] 

दङ्गीशरण दाङ := थारु जातिको महान पर्व नव बर्ष माघे सङ्क्रान्तीको शुभ अवसर पारी पश्चिम दाङको दङ्गीशरणमा एक दिने माघ मिलन एवम् साँस्कृतिक कार्यक्रम संचालक हुने भएको छ।

आयोजकका अनुसार साँस्कृतिक कार्यक्रमको लागि स्थानीय दङ्गीशरण गाउँपालिका सङ्ग सम्झौता भैइसकेको आयोजकले जनाएको छ।

कार्यक्रम आउदो पुस ,२९ गते हुने छ। कार्यक्रममा चौधरी गायक रोशन रत्गौया , गायक श्री चौधरी , गायिका रिता चौधरी, मोडेल ,रमिता चौधरी , र मोडेल पार्वती चौधरीले आफ्नो प्रस्तुति देखाउने छ्न।

कार्यक्रम श्री सतीदेवी मन्दिर संरक्षण संस्थाले संचालन गर्न लागेको हो दङ्गीशरण गा पा वडा न .४ बैबाङ्ग श्री सतीदेवी मन्दिर संरक्षण संस्थाको प्रङ्गाणमा बिहान १० :०० सन्चालन हुने मुल आयोजकले जानकारी दिएको छ।